डब्लिनमा हुँदैछ एनआरएनएको १७औं युरोप क्षेत्रीय सम्मेलन (erc) २०२६, “संकल्प” नारासहित
समाज र संस्कृतिव्यवसाय र उद्यमनीति र कानुन
Sanjib karki
7/14/20261 min read


आयरल्यान्डको राजधानी डब्लिनमा आगामी आगस्ट १०–११, २०२६ मा गैरआवासीय नेपाली संघ (NRNA) को १७औं युरोप क्षेत्रीय सम्मेलन (ERC) २०२६ हुने भएको छ। एनआरएनए युरोप क्षेत्रीय समिति को आयोजना र राष्ट्रिय समन्वय परिषद् (NCC) आयरल्यान्डको संचालन मा हुनेछ। यस सम्मेलनमा युरोपभर र अन्यत्रबाट समेत एनआरएनए सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहने एनआरएनएका प्रवक्ता अर्जुन पाण्डेले जानकारी दिएका छन्।
प्रवक्ता पाण्डे का अनुसार यस वर्षको सम्मेलन “संकल्प” (Sankalpa) नाराका साथ “पहिचानले जोडिएका, लगानीले डोऱ्याइएका, समृद्धिप्रति प्रतिबद्ध” (United by Identity, Driven by Investment, Committed to Prosperity) भन्ने दूरदृष्टिमा आधारित रहेर आयोजना गरिँदैछ।
तीन प्राथमिकता क्षेत्रमा केन्द्रित छलफल
सम्मेलनको कार्यक्रम मुख्यतः तीनवटा प्राथमिकता क्षेत्र — नागरिकता, लगानी र समृद्धि — मा केन्द्रित रहनेछ। यसको उद्देश्य अर्थपूर्ण संवाद प्रवर्द्धन गर्दै सहकार्यलाई सुदृढ बनाउनु र नेपालको दीर्घकालीन विकास तथा प्रवासी सहभागितालाई टेवा पुऱ्याउने व्यावहारिक पहलहरूलाई अगाडि बढाउनु रहेको आयोजकहरूले बताएका छन्।
एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन डायस्पोरा नेतृत्व, व्यावसायिक व्यक्तित्व, उद्यमी र सरोकारवालाहरूलाई एकै मञ्चमा ल्याउने युरोपभरकै एक महत्त्वपूर्ण कार्यक्रमका रूपमा परिचित छ। यस वर्ष पनि युरोपका विभिन्न मुलुकबाट प्रवासी नेपाली समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता हुने अपेक्षा गरिएको छ।
सहभागिता स्वःखर्चमा
आयोजकहरूका अनुसार सम्मेलनमा सहभागिता स्वःखर्चमा (self-funded) हुनेछ, अर्थात् सहभागीहरूले आफ्नो यात्रा, आवास लगायतका खर्च आफैं व्यहोर्नुपर्नेछ। यस सम्बन्धमा सबैको समझदारी र सहयोगको अपेक्षा आयोजकहरूले गरेका छन्।
एनआरएनए युरोप क्षेत्रीय समिति र एनसीसी आयरल्यान्डले सबै डायस्पोरा नेता, विज्ञ तथा सरोकारवालाहरूलाई यस ऐतिहासिक सम्मेलनमा सहभागी भई छलफल र निर्णय प्रक्रियामा योगदान पुऱ्याउन हार्दिक आमन्त्रण गरेका छन्। आयोजकहरूले सहभागीहरूको उपस्थितिले सम्मेलनको छलफल र नतिजामा अर्थपूर्ण योगदान पुऱ्याउने विश्वास व्यक्त गरेका छन्।
नेपाल आयरल्याण्ड न्यूज
आयरल्याण्डमा नेपाली समुदायको विश्वसनीय साझा चौतारी
नेभिगेसन
गृहपृष्ठ
समाचार
विचार
सम्पर्क
सम्पर्क
editor@nepalirelandnews.com
Dublin, Ireland
डायस्पोराको आवाज
© 2026 नेपाल आयरल्याण्ड न्यूज-डब्लिन र काठमाडौँ जोड्ने डिजिटल चौतारी।
सत्य, तथ्य र विश्वसनीय पत्रकारिता