इङ्ल्यान्डलाई नाटकीय रूपमा पछार्दै आर्जेन्टिना सेमिफाइनलमा
7/15/20261 min read


राति आयरल्यान्ड समयअनुसार ८ बजे सुरु भएको फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल भिडन्तमा आर्जेन्टिनाले इङ्ल्यान्डलाई २-१ ले पछार्दै अर्को चरणमा प्रवेश गरेको छ। पहिलो हाफ गोलरहित रहेपछि इङ्ल्यान्डले ५५औं मिनेटमा गोल गर्दै अगाडि बढ्यो।
तर आर्जेन्टिनाले हार नमानी खेल जारी राख्यो र खेल सकिने बेला ८५औं मिनेटमा बराबरी गोल गर्न सफल भयो। त्यसपछि ९०औं मिनेटको स्टपेज टाइममा निर्णायक गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो।
तथ्याङ्कले देखाएअनुसार आर्जेन्टिनाको बल कब्जा ६४% रह्यो भने इङ्ल्यान्डको ३६% मात्र थियो। आर्जेन्टिनाले जम्मा १४ प्रयासमध्ये ६ लक्षित बनायो, जबकि इङ्ल्यान्डले ६ प्रयासमध्ये ३ लक्षित बनायो।
यस जितसँगै आर्जेन्टिना अब दोस्रो सेमिफाइनलमा स्पेनसँग भिड्नेछ
नेपाल आयरल्याण्ड न्यूज
आयरल्याण्डमा नेपाली समुदायको विश्वसनीय साझा चौतारी
नेभिगेसन
गृहपृष्ठ
समाचार
विचार
सम्पर्क
सम्पर्क
editor@nepalirelandnews.com
Dublin, Ireland
डायस्पोराको आवाज
© 2026 नेपाल आयरल्याण्ड न्यूज-डब्लिन र काठमाडौँ जोड्ने डिजिटल चौतारी।
सत्य, तथ्य र विश्वसनीय पत्रकारिता